Logo
Logo

कांग्रेसको कारण मन्त्रिपरिषद् विस्तार रोकियो



काठमाडौं । आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । नेपाली कांग्रेस र अन्य दलले समेत मन्त्रीहरुको सूची नबुझाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार (आज) मन्त्रिपरिषद् विस्तार नगर्ने भएका हुन् ।

मन्त्रिपरिषद् विस्तारलाई लिएर अपरान्ह प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको छलफलबाट मन्त्रिपरिषद् विस्तारबारे निष्कर्ष ननिस्किएपछि अहिले अन्य नेताहरुसहित बालुवाटारमा अर्को बैठक बसिरहेका छन् ।

प्रचण्ड र देउवाबीको वार्तापछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल र माओवादीका अन्य नेताहरु पनि छलफलमा जुटेका छन् ।

चितवनबाट फर्किए लगत्तै प्रधानमन्त्री प्रचण्ड आन्तरिक छलफलमा जुटेका थिए । त्यसपछि उनी देउवासँग बसेका तर कांग्रेसले अझै पनि मन्त्रीहरुको नाम प्रचण्डलाई नबुझाएको कारण आजको मन्त्रिरिषद् विस्तार रोकिने भएको हो ।

स्रोतका अनुसार कांग्रेसमा रक्षा र परराष्ट्रसहितका केही मन्त्रालयमा अझै कुरा मिल्न सकेको छैन । मन्त्री हुने नेताहरुको नाममा देउवाले सहमति जुटाइसके पनि मन्त्रालय भागबन्डा मिलाउन सकस परेको हो ।

प्रतिक्रिया दिनुहोस्