Logo
Logo

जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले बिहीबार अदालत प्रशासनको निर्णय खारेज गर्दै रिट दर्ता गर्न आदेश दिएको हो ।

जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्र राज आरणलगायत पाँचजना सर्वोच्च पुगेका थिए । तर, अदालत प्रशासनले रिटलाई दरपिठ गरिदिएको थियो ।

सर्वोच्च प्रशासनले बिदा दिने वा कुनै उत्सव मनाउनेरनमनाउने निर्णय गर्ने अधिकार सरकारको भएको भन्दै रिट दर्ता गर्न अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्