Logo
Logo

जसपाका मन्त्री छान्ने जिम्मा उपेन्द्रलाई


378
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीको नाम छनोट गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । 

बिहीबार बसेको जसपाको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मा अध्यक्ष यादवलाई दिएको हो । मन्त्रीको नाम छनोट गर्दा सन्तुलन मिलाउन पनि आग्रह गरिएको छ । 

विस्तार हुन लागेको मन्त्रिपरिषद्मा जसपाले दुईवटा मन्त्रालय पाएको छ । जसपाको भागमा शिक्षा र कृषि मन्त्रालय परेका छन् ।
 

प्रतिक्रिया दिनुहोस्