
काठमाडौं । बाराको एक परीक्षा केन्द्रबाट परीक्षा सुरु भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको १५ मिनेटभित्रै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो ।
प्रश्नपत्र आउट भएको विषयमा आफुले जानकारी पाएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । आज पहिलो दिन देशभर एकसाथ अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । यता वेदविद्याश्रमतर्फ भने अनिवार्य संस्कृत भाषा, साहित्य विषयको परीक्षा हुँदैछ ।











