Logo
Logo

रञ्जिता श्रेष्ठ भूमि व्यवस्थामन्त्री


4.9k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने भएका छन् । उनलाई पार्टीले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बनाउने भएको हो ।

पार्टीबाट श्रेष्ठको नाम पठाइएको प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए । उनका अनुसार नागरिक उन्मुक्तिको भागमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । दिउँसो ३ बजे शपथ गराउने तयारी भएको उनका प्रेसविज्ञ मनोहरी तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्