काठमाडौं । आठ मन्त्रालय पाएको नेपाली कांग्रेसले चार मन्त्रीको टुंगो लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले चारमन्त्रीको नाम टुंगो लगाएका हुन् ।

देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा पार्टीबाट नेतृत्व गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई उपप्रधानसहित रक्षा मन्त्रालयमा पठाएका छन् ।
यस्तै अर्थ मन्त्रालयमा डा. प्रकाशशरण र परराष्ट्र मन्त्रालयममा रमेश रिजाललाई पठाउने निर्णय गरेका छन् । त्यस्तै सीता गुरुङले सहरी विकास मन्त्रालय पाउने भएका छन् ।
शेखर समूहले भने मन्त्रालयमा नाम पठाएको छैन । सम्मानजनक भाग नपाएको भन्दै समूहले नाम नपठाएको हो ।











