Logo
Logo

कोशी नाम खारेजीको माग गर्दै संघीय मार्च पास


756
Shares

काठमाडौं । प्रदेश १ को पुनः नामांकन गर्न माग गर्दै आएको पहिचान पक्षधरले काठमाडौंमा संघीय मार्च गरेको छ । प्रदेशसभाले प्रदेश १ को ‘कोशी प्रदेश’ नामांकन गरेपछि त्यसको खारेजी तथा पुनः नामांकन गर्न माग गर्दै आन्दोलन पहिचान पक्षधरले शुक्रबार काठमाडौंको माइतीघर मण्डलादेखि संघीय संसद भवन नयाँ बानेश्वरसम्म संघीय माच गरेको हो ।

पहिचान पक्षधरको आन्दोलनमा बृहत् नागरिक आन्दोलनले एक्पवद्धता जजाउँदै मार्च गरेको हो । शुक्रबार बृहत् नागरिक आन्दोलन र किराँत याक्थुङ चुम्लुङ ललितपुर, लिम्बू विद्यार्थी मञ्च केन्द्रीय कार्य समितिलगायतका पहिचानवादी संघसंगठनले संयुक्त रूपमा मार्च गरेका हुन् । उनीहरूले माइतीघर मण्डलादेखि बानेश्वरसम्म मार्च गरेका थिए ।

पहिचानवादीहरू एक होऔं, प्रदेशको नाम कोशी खारेजीको माग र आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा माग गरेका थिए । साथै, ‘कोशी प्रदेश’ नाम खारेज गरी लिम्बूवान किरात नामांकन गर्न उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्