काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पदभार ग्रहण गरेका छन् । शुक्रबार शपथ लगत्तै सिंहदरवार पुगेर अर्थमन्त्री पहतले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताए । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले मस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे । उनले भने, ‘अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ, समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौं ।’
साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने पनि उनले बताए । सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने भन्दै उनले भने लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताए ।











