Logo
Logo

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे मिटर ब्याज पीडित


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्नका लागि मिटरब्याज पीडित बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भेटवार्ताका लागि बोलाएपछि बिहानै मिटरब्याज पीडित उनको सरकारी निवास बालुवाटार प्रवेश गरेका हुन् ।

न्याय माग गर्दै तराईका विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटर ब्याज पीडितसँग वार्ता गर्न गठित समितिले बार्ता गरेपछि प्रधानमनत्रीले भेट्न लागेका हुन् । मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, आफूहरूसँग लिइएको धितो फिर्ता हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन्।

उनीहरूले गृह मन्त्रालयको वार्ता टोलीसँग पटक गरेको छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको छैन। माग सम्बोधन नभएसम्म वार्ता पनि गर्ने र आन्दोलन पनि जारी राख्ने तयारीमा रहेका पीडितले माग सम्बोधन नभएसम्म गाउँ पनि नफर्किने अडान लिएका छन्।

महोत्तरी, सर्लाही लगायत विभिन्न जिल्लाका मिटरब्याज पीडित ११ दिनको पैदल यात्रा गरेर गत आइतबार काठमाडौं आइपुगेका थिए।

प्रतिक्रिया दिनुहोस्