Logo
Logo

भविष्य सुरक्षित गर्न  राजनीतिक भागबन्डा र सिन्डिकेट तोड्नुपर्छ : रमेश खरेल


693
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका रमेश खरेलले राजनीतिक भागवण्डा र सिन्डिकेट तोड्न नसके कसैको पनि भविष्य सुरक्षित नभएको बताएका छन् ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको अवस्था परिवर्तन गर्न सबै एक ठाउँमा आउनुपरेको बताए ।

‘अहिले नेपाल आमा रोइरहेकी छिन् । यस्तो बेला एक ठाउँमा उभिएन भने केही गर्न सकिँदैन । देशमा अहिले सुशासनको खाँचो छ । देशको विषम परिस्थितिमा देशमा सुशासन कायम गर्न, देशका दाजुभाइलाई हौसला प्रदान गर्न र नेपाल आमालाई हँसाउन सबै एक ठाउँमा उभिनुपर्ने अवस्था आएको छ’, उनले भने । अहिले राष्ट्रमा भएको सिन्डिकेटलाई तोड्न र यो देशको समृद्धिका लागि अब फरक कोर्षमा अघि बढ्न आवश्यक रहेको उनको भनाई छ ।

उनले अहिले युवाहरू विदेश जान बाध्य भएर काठको बाकसमा आउनुपर्ने विवशता रहेको उल्लेख गर्दै त्यसको अन्त्य गर्न आवश्यक रहेको बताए । देशलाई जोगाउनका लागि आगामी दिनको योजना बनाउनका लागि अघि बढ्नुपर्ने अवस्था रहेको र नेपाललाई विदेशीको क्रिडास्थल बनाउन नदिनका लागि सबै एकजुट हुनुपर्ने अवस्था आएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्