Logo
Logo

उपनिर्वाचन लड्ने रास्वपाका ३ उम्मेदवार घोषणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १० वैशाखमा हुने उपचुनावका लागि ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ ।

शनिबार पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने निर्वाचित भएका थिए । नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले उनको पद खारेज गरेपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ १ मा रास्वपाले कांग्रेस छाडेका वाग्लेलाई उम्मेदवार बनाउने भएको हो ।

प्रतिक्रिया दिनुहोस्