Logo
Logo

स्वर्णिम वाग्ले र रमेश खरेल रास्वपा प्रवेश


1.6k
Shares

काठमाडौँ । नेपाली कांग्रेस परित्याग गरेका अर्थविद् डा.स्वर्णीम वाग्ले र राष्ट्रिय सुशासन पार्टीका अध्यक्ष रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई शनिबार पत्रकार सम्मेलन गरी पार्टीका प्रवक्ता मुकुल ढकालले पार्टीको चिन्ह भएको ब्याज लगाएर स्वागत गरे ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाले बैशाख १० गते हुने उपनिर्वाचनमा वाग्लेलाई तनहुँ १ र खरेललाई बारा २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । उनीहरुलाई कार्यक्रममै पार्टी सभापति रवि लामिछानेले उम्मेदवारको टिकट प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्