Logo
Logo

‘जो प्रधानमन्त्री भएपनि नेपालको सत्ता अरुले चलाइरहेको हुन्छ’



नवलपरासी । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको सत्ता ‘अरु कसैले’ सञ्चालन गरिरहेको दाबी गरेका छन् । पूर्वसभामुखसमेत रहेका महराले शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत भइसकेका महराले भने, ‘देश अरु कसैले चलाइरहेको छ । प्रचण्ड, ओली र देउवा त पात्र हुन् ।’ तर, उनले त्यो सत्ता चलाउने शक्तिबारे भने खुलाएनन् ।

उनले भने, ‘हुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ, तर पनि हाम्रो बिडम्वना यही हो, जो प्रधानमन्त्री भएपनि हुने यही हो । नेपालको सत्ता अरुले चलाइरहेको हुन्छ ।’

वर्तमान सरकारले शान्ति प्रक्रियाका महत्वपूर्ण मुद्दा टुंगोमा पु¥याउनुपर्नेमा उनले जोड दिए । महराले लोकतन्त्र र संविधानमाथि अझै खतरा कायम रहेको बताउँदै भने, ‘प्रतिगामीहरुले अझै टाउको उठाउन खोज्दैछन्, यसलाई निस्तेज गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्