Logo
Logo

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने दुई सडक बन्द


1.3k
Shares

हेटौंडा । हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं प्रवेश गर्ने छोटो दूरीका दुई सडक अनिश्चितकालका लागि बन्द गरिएको छ ।

चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नतिका लागि बन्द गरिएको थाहा नगरपालिका प्रमुख विष्णु विष्टले जानकारी दिए । उनका अनुसार प्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने भएको हो ।

त्यस्तै कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ को ज्यामिरेबाट रामचन्द्र भन्ज्याङ सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने काम भइरहेकाले सो खण्डमा सडक बन्द गरिएको छ ।

हरेक दिन बिहान ७ देखि साँझ ५ बजेसम्म एम्बुलेन्स, स्थानीयका सवारीसाधन र स्थानीय रुटमा चल्नेबाहेकका सवारीसाधन बाहेका अन्य सवारीका साधन सञ्चालन नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्