Logo
Logo

शक्तिशाली आँधीका कारण अमेरिकामा २१ जनाको मृत्यु, ६ लाख मानिस विद्युतविहीन



काठमाडौं । अमेरिकाको अर्कान्सस र टेनेसीमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । कयौँ राज्यलाई असर पुग्ने गरी आएको आँधीबाट घरहरु भत्किएको र बिद्युत अवरुद्ध भएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

अर्कान्ससमा तीव्र रुपमा चलेको हावाले एउटा गाडी पल्टिँदा ५ जनाको मृत्यु भएको छ । यस्तै टेनेसीमा ७, इलिनोइसमा ४ तथा इन्डियानामा ३ जनाको मृत्यु भएको छ । यस्तै अलबामा र मिसिसिपीमा पनि मानवीय हताहति भएको छ ।

अर्कान्ससमा गभर्नर सारा हुकाबी स्यान्डर्सले संकटकाल घोषणा गरेका छन । अमेरिकाको राष्ट्रिय मौसम सेवाले अझै तीव्र गतिमा हावा चल्ने र खराब मौसमले थप प्रभाव पार्ने सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको छ ।

अमेरिकाको पावरआउटेज वेबसाइटका अनुसार ओहियो र पेन्सिलभेनिया राज्यसहित कयौँ राज्यमा झण्डै ६ लाख मानिस विद्युतविहीन भएका छन् । रु

प्रतिक्रिया दिनुहोस्