Logo
Logo

इजरायलमा नेतान्याहुविरुद्ध लाखौं मानिस सडकमा



एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्यायपालिका सम्बन्धी विवादास्पद कानून परिमार्जन गर्न खोजेपछि त्यहाँका लाखौं नागरिक प्रदर्शनमा उत्रिएका छन् ।

यस वर्षको सुरुदेखि नै इजरायलमा भईरहेको विरोध उक्त कानुनको बिपक्षमा उभिएका रक्षामन्त्रीले राजिनामा दिएपछि लाखौं नागरिक सडकमा उत्रिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्ला दिनका आन्दोलनमा १ लाख ५० हजार भन्दा बढी नागरिक प्रदर्शनमा निरन्तर सहभागी भईरहेका छन् ।

सरकारको सो कदम बिरुद्धको प्रदर्शनमा विपक्षी दल तथा सामाजिक र राजनीतिक अभियन्ताहरूले नेतृत्व गरिरहेका छन् । प्रदर्शनकै क्रममा हालसम्म इजरायली सरकारले २७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्री नेतान्याहुले न्यायपालिका कमजोर हुने गरी कानूनी संशोधनको तयारी गर्नु गलत भएको बिपक्षीको आरोप छ ।

बिपक्षी दलले भ्रष्टचारको आरोपी नेताले कानुन परिमार्जन गर्नु गलत भएको भन्दै उठाएको आवाजलाई समर्थन गर्दै नागरिकहरु विरोधमा निरन्तर आउन थालेका छन, जसका कारण त्यहाँको शहर तेल अभिभको दैनिकी बिग्रन पुगेको छ ।

गत सोमबार प्रधानमन्त्री नेतान्याहुले संसदमा कानून परिमार्जनको प्रस्ताव अघि बढाउन आह्वान गर्दै रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गरेपछि आन्दोलन थप सशक्त भएको हो ।

प्रतिक्रिया दिनुहोस्