Logo
Logo

‘देशकाे चिन्ता गर्ने सबै राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढौ’


882
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैशाख १० गतेको उपनिर्वाचनमा जुट्न आह्वान गरेका छन् । महासचिव पोखरेलले आज (आइतबार) बिहान सामाजिक सञ्जालमार्फत तनहुँ-१, चितवन-२ र बारा-२ मा हुने उपनिर्वाचनमा जुट्न आह्वान गरेका हुन् ।

‘बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्प पुरा गर्न तनहुँ- १, चितवन- २ र बारा- २ मा सूर्य ध्वजावाहक उम्मेद्वारलाई विजयी बनाउने अभियानमा जुटौं,’ उनले भनेका छन्।

महासचिव पोखरेलले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य आवश्यक भएकाले मिलेर अगाडि बढ्न आह्वान गरेका छन् । उनले देश बनेन भनेर चिन्ता गर्ने सबैलाई राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढ्न आह्वान समेत गरेका छन् । ‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य छ। देश किन बनेन भनेर चिन्ता गर्नेहरु सबै राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढौं,’ महासचिव पोखरेलले भनेका छन्।

एमालेले तनहुँ–१ मा पूर्वआईजीपी सवेन्द्र खनाल, चितवन–२ रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ। एमालेले बारा–२को उम्मेदवार टुंगो लगाउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्