
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनता समाजवादी पार्टी नेपालकी मञ्जु शर्मा अन्सारीले आज शपथ लिँदैछन्। उनले आइतबार बिहान ११ बजे कानून समितिको हल सिंह दरबारमा शपथ ग्रहण गर्न लागेको हो ।
समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा निर्वाचित भएका हुन्।
समानुपातिक सूचीको दोस्रो नम्बरमा रहेका शर्मालाई निर्वाचन आयोगले रिक्त रहेको स्थानमा गत चैत ६ गते निर्वाचित भएको घोषणा गरेको थियो।











