Logo
Logo

जोशी र कोइरालाको कारबाही फुकुवा गर्ने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी र चितवनका पूर्वसभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले २०७९ भन्दा पहिले नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

तनहुँका पूर्वमन्त्री जोशी र कोइरालाले गत निर्वाचनमा बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए । पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा गरिएको कारबाही फुकुवा गरिएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
उनका अनुसार बारा, चितवन र तनहुँको हकमा स्वतन्त्र उठेकाहरुको कारबाही फुकुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्