
रौतहट । रौतहटको मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविबाट अरुको नाममा एसईई परिक्षा दिँदै गरेको अवस्थामा एक जना नक्कलि विध्याथी पक्राउ परेको छ ।
देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा-६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।
लक्ष्मीनियाँ माविमा संचालन भइरहेको विद्यालय शिक्षा परीक्षा (एसईई) मा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका साह मेयर कानुका ज्वाइ हुन् । ससुराका सट्टामा परीक्षा दिइरहेका उनी इन्जिनियर हुन् । परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् ।