
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई नेपाल उद्योग वाणिज्य महासंघको टोलीले ब्याजदर घटाउन सुझाव दिएका छन् ।
आज (आइतबार) बिहान महासंघ अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले अर्थमन्त्री महतलाई भेटेर तत्काल ब्याजदर घटाउनुपर्ने सुझाव दिएका हुन् ।
भेटका क्रममा उद्योगी व्यवसायीले तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने सुझाव दिएको थियो । त्यस्तै सरकारी खर्च विशेष गरी विकास खर्च बढाउन व्यवसायीले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
नेपाल–भारत खुल्ला सीमाका कारण अवैध आयात भएका वस्तु रोकेर कडाइ गर्न व्यवसायीले अर्थमन्त्रीसँग माग गरेका थिए।
व्यवसायीको मागमा अर्थमन्त्री महत सकारात्मक देखिएका छन् । उनले निजी क्षेत्रको मनोबल घट्न नदिई सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन्।