Logo
Logo

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख- अस्पताल



काठमाडौं । त्रिवि शिक्षण अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ ।

अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएका हुन् । राष्ट्रपति शनिबार साँझ अस्पतालमा भर्ना भएका थिए ।

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज विहान अस्पताल पुगेका थिए ।

साथै सांसद् सुरेन्द्र आचार्य, पूर्वसभामुख तारानाथ रानाभाटलगायतले पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवि अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्