Logo
Logo

सरकारले मिटरब्याज पीडितलाई अर्को धोका दियो : सांसद गैरे



काठमाडौं । नेकपा एमालेले सरकारले मिटरब्याज पीडितहरूलाई धोका दिएको आरोप लगाएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद ठाकुर गैरेले सरकारले पीडकहरूलाई उन्मुक्ति दिने काम गरेर पीडितहरूलाई धोका दिएको आरोप लगाएका हुन् ।

‘मिटरब्याजीबाट पीडित भएका नागरिकमाथि फेरि अर्को धोकाधडी भएको छ । एउटा आयोगको प्रतिवेदन थन्क्याएर फेरि अर्को आयोग गठन गरेर विषयलाई लम्ब्याउने, अल्मल्याउने र पीडकहरूलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ । यो करेक्सन हुनुपर्छ । तत्काल पीडकहरूले कारबाही पाउनुपर्छ,’ उनले भने ।

सरकारले मिटरब्याजी पीडितको समस्या समाधानका लागि कार्यदल गठन गरेको छ भने २७ गतेको प्रतिवेदन कार्यान्वयन गर्ने गरी सहमति पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्