Logo
Logo

‘मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गरौं’



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले मिटरब्याज पीडितलाई पूर्णरुपमा छुट्कारा दिनुपर्ने बताए ।

मिटरब्याज पीडितको समस्या दशकौँ पुरानो भएको उनको भनाइ छ । उनले भने, ‘यो अवधिमा धेरै सरकार र मन्त्रीहरु भए। वर्तमान गृहमन्त्रीको यो दोस्रो कार्यकालमा मिटरब्याजको समस्या समाधान गर्न आयोग गठन गर्ने कुरा बाहिर आएको छ ।’

गत चैन २ गते महोत्तरीको बर्दिबासबाट ७० जना मिटरब्याज पीडितहरु पैदल हिँडेर अघिल्लो हप्ता काठमाडौं आएका थिए ।

उनीहरु र सरकारी वार्ता टोलीबीच शनिबार सहमति भएको थियो । सरकारले आयोग गठन गर्ने र त्यसपछि आन्दोलनको कार्यक्रम फिर्ता हुने सहमति पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्