Logo
Logo

बारा २ मा जनमतले उपेन्द्रलाई सघाउने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बारा २ मा जनमत पार्टीले जसपालाई सघाउने बताएका छन् । राष्ट्रिय राजनीतिको वर्तमान अवस्था र उपेन्द्र यादवको आवश्यकताबारे सिके राउत राम्रोसँग जानकार रहेको भन्दै उनले उपेन्द्र यादवलाई जिताउने कुरामा जनमत पनि लाग्ने बताएका हुन् ।

सिंगो गठबन्धन नै जसपालाई सघाउने निर्णयमा पुगीसकेको अवस्थामा जनमत पार्टी उम्मेदवारी मनोनयन दर्ता अगावै उक्त निर्णयमा पुग्न सक्ने बस्नेतले बताएका छन् । ‘व्यक्तिप्रतिको पुर्वाग्रहले हैन राष्ट्रिय राजनीतिलाई सही मार्गमा लैजान जनमत जिम्मेवार ढंगले प्रस्तुत हुन्छ भन्नेमा म विश्वस्त छु’ बस्नेतले भने ।

नेपाली काङ्ग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले आइतबार जसपालाई सघाउने निर्णय गरेसँगै जनमत पार्टीबारे बस्नेतले उक्त धारणा राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्