Logo
Logo

ससंद्मा प्रश्न- मिटरब्याजी दलालीलाई प्रहरीले किन रोक्दैन ?



काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले मिटरब्याजीलाई प्रहरी प्रशासनले  कारबाही नगरको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

फाइल तस्बिर

आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले मिटरब्याजीले बार्गेनिङ गर्दा पुलिस प्रशासनले नरोकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘आयोग बन्यो खुशीको कुरा हो । तर, मिटरब्याज पीडितले न्याय कहिले पाउँछ ? जग्गा कहिले फिर्ता हुन्छ ? मिटरब्याजको नामबाट बार्गेनिङ समयमा पुलिस प्रशासनले दलाली किन रोक्दैन ? त्यसको लागि म ध्यानाकर्षण गराउन चाहन्छु  ।’

गत चैन २ गते महोत्तरीको बर्दिबासबाट ७० जना मिटरब्याज पीडितहरू पैदल हिँडेर अघिल्लो हप्ता काठमाडौं आएका थिए । उनीहरु र सरकारी वार्ता टोलीबीच शनिबार सहमति भएको थियो । सरकारले आयोग गठन गर्ने र त्यसपछि आन्दोलनको कार्यक्रम फिर्ता हुने सहमति पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्