Logo
Logo

सांसद डाँगीको प्रश्न : सभामुख र प्रधानमन्त्रीको कुर्सी कुन देशबाट आयात भएको हो ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद निशा डाँगीले संसद भवनमा प्रयोग भएका कुर्सीलगायतका पूर्वाधारबारे प्रश्न उठाएकी छन् । आइतबार प्रतिनधिसभाको शून्य समयमा बोल्दै उनले संसद् भवनमा प्रयोग भएका कुर्सी लगायतका पूर्वाधार नेपालमै बनेको हो कि अन्य देशबाट आयात भएको हो त्यसबारे सरकारसँग जानकारी माग गरेकी हुन् ।

‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? किन नेपालमा नै बनेको हो ?, कुर्सीमा लागि जुन झगडा हुने गरेको छ । सभामुख र प्रधानमन्त्रीको कुर्सी कुन देशबाट आयात भएको हो ?’, उनले भनिन् ।

उनले सिंहदरवार, वालुवाटार, शितलनिवास र संसद भवनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गर्नुपर्ने समेत बताईन् । ‘सिंहदरवार, वालुवाटार, शितलनिवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौं । यहाँ प्रयोग हुने केर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्