Logo
Logo

पूर्वनासु रघुनाथविरुद्ध २ करोड १४ लाख बिगो मागदाबीसहित अख्तियारद्वारा मुद्दा


756
Shares

काठमाडौं । बजेटमा करका दर हेरफेर गरेको आरोप लागेका पूर्वनायव सुब्बा (नासु) रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा घिमिरेविरुद्ध २ करोड १४ लाख ४६ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो ।

घिमिरेले पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर अख्तियारले जनाएको छ । २०५२ कात्तिक २८ गते सरकारी सेवामा प्रवेश गरेका उनले पछिल्लो समय भन्सार विभागमा कार्यरत रहेकै बेला राजीनामा दिएका थिए ।
सेवामा रहँदा ७ करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ ६७ पैसा उनले खर्च गरेको र यो अवधिमा उनको आम्दानी ५ करोड २५ लाख १६ हजार ३ सय २७ रुपैयाँ ४४ पैसा देखिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

घिमिरेको आम्दानीभन्दा समम्पती बढी देखिएकाले अख्तियारले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको किटान गरी २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा बिगो, त्यति नै जरिवाना र गैरकानुनी सम्पत्तिबाट बढे/बढाइएको चल-अचल सम्पत्ति जफत गर्न अख्तियारले मागदाबी गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानबाट खुलेबमोजिम घिमिरेविरुद्ध बिगो जरिवाना र गैरकानुनी सम्पत्ति जफत हुनेगरी मुद्दा दायर गरिएको हो । अख्तियारले सम्पत्ति रोक्का र बिगो जरिवाना असुलका लागि उनकी श्रीमती शारदा गौतमलाई समेत प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्