Logo
Logo

बारा-२ मा उपेन्द्रलाई सहयोग गर्ने कांग्रेसको निर्णय


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर २मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने भएको छ । आइतबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यादवलाई सहयोग गर्ने निर्णय गरेको हो ।

सहमहामन्त्री जीवन परियारका अनुसार यसअघि बसेको समितिको बैठकमा पनि यादवलाई नै सघाउनेबारे छलफल भएको थियो । तर विवाद हुँदा उक्त बैठकले निर्णय गर्न बाँकी रहेको थियो । आइतबारको बैठकले भने सर्वसम्मतले निर्णय गरेको हो ।

वैशाख १० गते रिक्त रहेका तीन स्थानमा उपनिर्वाचन हुँदैछ । बारासँगै चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १मा पनि उपनिर्वाचन हुन लागेको हो ।

यस्तै, कांग्रेसले तनहुँमा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवनमा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्