काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नासाथ मन्त्री बन्ने योग्यता पुग्ने टिप्पणी गरेका छन् ।
आइतबार एमालेनिकट जनजाति महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले देशलाई विकासको बाटोमा लैजान नसक्नेसमेत दावी गरे ।

उनले गठबन्धन सरकारमा अचम्म अचम्मका मान्छे मन्त्री भएको बताउँदै भने, ‘को–को मन्त्री हुन्, कस्ता मन्त्री हुन् ? भवितव्यमा दुईटा सिट आयो, जान्नु तान्नु केही छैन । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेसन पुग्छ ।’
उनले मन्त्रीलाई मात्र नभएर प्रधानमन्त्रीलाई सोध्यो भने पनि देश बनाउँछु भन्न नसक्ने ओलीको आरोप छ ।











