Logo
Logo

बल्खुमा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु


945
Shares

काठमाडौं । काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार अर्घाखाँची छत्रदेव गाउँपालिका–५ चन्द्रागिरि नगरपालिका–१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टका अनुसार पाण्डे शाखा अधिकृत हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागमा कार्यरत थिए ।

सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही दिशा जाँदै गरेको बा अअ ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका पाण्डेलाई नजिकैको वयोधा अस्पतालमा पु¥यायँदा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

ट्रक चालक ४३ वर्षीय ट्रक चालक अर्जुन ढुंगानालाई पक्राउ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्