Logo
Logo

पत्रकार कार्कीलाई मिर्गौला प्रत्यारोपण गर्न सुझाव


3.3k
Shares

काठमाडौं । बरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । हाल कार्कीले मेडिसिटी अस्पतालमा डायलसिस गराउँदै आएका छन् ।

एक वर्षदेखि उनी अस्वस्थ्य भएपनि सरकारले उनको उपचारमा कुनै सहयोग गरेको छैन । नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भइसकेका कार्की बुटवलबाट प्रकाशित लुम्बिनी दैनिकका संस्थापक सम्पादक हुन् ।

नेपाल पत्रकार महासंघले उनको उपचारका लागि एक वर्षदेखि सरकारसँग आग्रह गर्दै आएको भएपनि बेवास्ता गरेको छ । विचारका हिसाबले कार्की नेकपा माओवादी निकट मानिन्छन् । तर, माओवादी नेतृत्वकै सरकार हुँदासमेत उनी उपेक्षित हुनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्