Logo
Logo

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज


441
Shares

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ ।

प्रतिनिधिसभाको रिक्त तीन वटै क्षेत्रमा हुने उपनिर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले आज मनोनय दर्ता गराउने भएका हुन् । प्रतिनिधिसभा अन्तर्गत तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन हुँदैछ ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं.२ रिक्त छ ।

त्यसका लागि बिहान १० बजेदिखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्