Logo
Logo

महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी, ७ वटा गाडी जलेर नष्ट


504
Shares

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ । आगलागीमा परि हुँदा ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेर नष्ट भएको छ ।

आज बिहान ४ः४७ मा लागेको आगो नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा लिएको ललितपुर प्रहरी परिसरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम पनि भइरहेको साहले बताए ।

प्रतिक्रिया दिनुहोस्