Logo
Logo

इन्डियन आइडल सिजन-१३ को विजेता बने ऋषि सिंह



काठमाडौं । भारतको लोकप्रिय रियालिटि सो इन्डियन आइडल सिजन-१३ को उपाधि ऋषि सिंहले जितेका छन् ।

गएराति भएको फाइनलमा कोलकाताकी देवोस्मिता रोयलाई पछि पार्दै बनारसका ऋषिले उपाधि हात पारेका हुन् । उनले २५ लाख भारतीय रुपैयाँ पाए भने मारुती सुजुकी कार पाए । रनरअप बनेको रोयले पाँच लाख प्राप्त गरिन् । त्यस्तै चिराग कोटवाल तेस्रो भए ।

फाइनलमा ६ जना प्रतिस्पर्धी थिए । जनताको भोटका आधारमा सोनाक्षी कर छैठौं, शिवम सिंह पाँचौं र विदिप्ता चक्रवर्ती चौथो बनिन्।

प्रतिक्रिया दिनुहोस्