
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पहेँलो धातु सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज आइतबारको तुलनामा सुनको भाउ ६ सय रुपैयाँले घटेको हो ।
आइतबार १ लाख ८ हजार एक ६ रुपैयाँमा कारोबार भएको छापवाल सुनको भाउ आज ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज तेजाबी सुनको भाउ १ लाख ७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ । चाँदी २० रुपैयाँले घटेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।











