
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएर तनहुँ हिडेका छन् ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज (सोमबार) बिहान आफ्नो उम्मेदवारी दर्ता गरएसँगै तनहुँ क्षेत्र नंं १ मा रास्वपाका उम्मेदवार डा। स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता गराउन तनहूँ हिडेका हुन् ।
उम्मेदवारी दर्ता गराउन दमौली पुगेका वाग्लेले रवि लामिछाने चितवनबाट आइपुगेपछि मात्र उम्मेदवारी दर्ता गराउने भन्दै पर्खेर बसेको पार्टी सचिवालयले जनाएको छन् । रवि पुगेपछि दिउँसो २ बजे उमेदवारी दर्ता गर्ने जनाइएको छ ।











