
बारा । बारा २ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि ४ जनाले मनोनयन दर्ता गराएका छन् ।
प्रतिनिधिसभामा निर्वाचित रामहाय यादव उपराष्ट्रपति निर्वाचन भएपछि रिक्त त्यस क्षेत्रमा बैशाख १० गते उपनिर्वाचनका लागि १२ बजेसम्म स्वतन्त्रबाट २, नेपाल मजदुर किसान पार्टीबाट १ र हाम्रो नेपाली पार्टीबाट १ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयन दर्ता गर्नेमा स्वतन्त्रबाट विनोदकुमार कर्ण, धुपलाल हजरा, नेमकिपाबाट मुक्ति यादव र हाम्रो नेपाल पार्टीबाट चन्द्रप्रकाश सुवेदी रहेका छन् । अन्य ठुला दलका उम्मेदवारले भने १ बजेपछि मात्रै मनोनयन दर्ता गर्ने भएका छन् ।











