
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । अध्यक्ष तिमिल्सिनाले सोमबार बिहान अस्पताल पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
राष्ट्रपति सचिवालयका अनुसार राष्ट्रपतिलाई भेट्न अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पनि अस्पताल पुगेका थिए । उनीहरुले राष्ट्पति पौडेललाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिउँदै स्वास्थ्य लाभको कामना गरे ।
यसअघि आज विहान उपराष्ट्रपति रामसहाय यादव पनि राष्ट्रपति पौडेललाई भेट्न अस्पताल पुगेका थिए । उपराष्ट्रपति यादवले राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका थिए ।
पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना भएका थिए । यसअघि राष्ट्रपति पौडलेका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले अस्पतालमै पुगेका थिए।











