Logo
Logo

स्वर्णिम वाग्ले ‘टुरिस्ट उम्मेदवार’ भएको गगनको टिप्पणी


4k
Shares

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस छाडेर  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका डा. स्वर्णिम वाग्लेलाई ‘टुरिस्ट उम्मेदवार’को संज्ञा दिएका छन् ।

कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी मनोनयन दर्तापछि कार्यक्रमलाई सम्बोधन गर्दै थापाले रास्वपाबाट उम्मेदवार दिएका वाग्लेलाई ‘टुरिस्ट उम्मेदवार’को संज्ञा दिँदै  तनहुँ–१ कसैका लागि प्रयोग गर्ने ठाउँ नभएको बताए । 

‘तनहुँवासीले गत आम चुनावमा पाँच वर्ष जिम्मेवारी सुम्पिनु भएको कांग्रेसका नेता अहिले राष्ट्रपति बन्नु भएको छ । यो ठाउँ कसैका लागि प्रयोग गर्ने ठाउँ होइन,’ उनले भने, ‘यहाँ घुम्दैघुम्दै आएका टुरिस्ट उम्मेदवारलाई तपाईंले भन्नुपर्छ, यहाँको नेपाली कांग्रेस चोकमा राखेको मादल जस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँड्ने होइन ।’

एमालेका उम्मेदवार सर्वेन्द्र खनाल पेन्सन पकाएका राजनीतिमा आएको बताए । उनले भने, ‘मलाई त भन्न मन लाग्छ तिमीले जागिर आएर आएको, घर बनाएको, पेन्सन पकाएर आएको हो । म त त्यो बेलामा सडकमा बसेर लडेको हो, छातीमा ढुंगा खाएर बसेको हो । जान नसक्ने भएर होइन, जाने क्षमता नभएर होइन ।’

प्रतिक्रिया दिनुहोस्