Logo
Logo

बारा-२ मा १७ जनाको उम्मेदवारी दर्ता


630
Shares

काठमाडौं । बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि जसपा, नेकपा एमाले, जनमतसहितका दल तथा व्यक्ति गरी १७ जना नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजराज चौधरीका अनुसार सोमबार दिउँसो १७ जनाको उम्मेदवारी दर्ता गरिएको हो ।

जसपाको तर्फबाट उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाहले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै, रास्वपाबाट रमेश खरेल र नेमकिपाबाट मुक्ति यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्