काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उमेदवारलाई मतदान गर्न निर्देशन दिएको छ ।

सोमबार बसेको सचिवालय बैठकबाट यस्तो निर्देशन दिइएको पार्टीका उपमहासचिव एवं कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए ।
उपनिर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट तनहुँ क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई, चितवन–२ मा कांग्रेसकै जीतनारायण श्रेष्ठ र बारा–२ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उमेदवार बनेका छन् ।












