Logo
Logo

तोलामा एक हजारले बढ्यो सुनको भाउ


1.2k
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पहेँलो धातु सुनको भाउ प्रतितोला एक हजार रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सोमबारको तुलनामा सुनकाे भाउ तोलामा एक हजार रुपैयाँले बढेको हो ।

सोमबार तोलाको एक लाख ८ हजारमा कारोबार भएको छापावाल सुन आज तोलाको एक लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन तोलाको एक लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्