Logo
Logo

मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन


441
Shares

काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन आयोग गठन गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याज पीडितको समस्याबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानविन आयोग गठन गर्ने निर्णय गरेको हो ।

छानबिन आयोगको सदस्यमा उत्तमराज सुवेदी र गणेशबाबु अर्याल रहेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए ।

आयोगले ठोस र मूर्त रूपमा मिटरब्याज पीडितको समस्या पहिचान गर्न र वास्तविक पीडितको आधिकारिक आँकडा तत्काल ल्याउने गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ । मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोगको कार्यालय जनकपुरमा राखिने मन्त्री शर्माले बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार मिटरब्याज पीडितसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समस्या समाधान गरिने आश्वासन दिएका थिए। शनिबार गृह मन्त्रालयमै सरकार र आन्दोलनरत मिटरब्याज पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्