काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी पदाधिकारीसहित भोलि (बुधबार) दिउँसो चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने छ । बैठकमा पार्टीले सञ्चालन गरेको दुई महिने अभियानको समीक्षा गरिनेछ । ।
बैठकले सरकारलाई आवश्यक सल्लाह सुझाव दिने पनि बताइएको छ । त्यस्तै बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषय नेताहरुले सुझाव दिनेछ ।











