Logo
Logo

हवाई भाडा घट्यो, कार्यान्वयन गर्न निर्देशन (सूचीसहित)


1.6k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घाटा घटाएको छ । इन्धनको मूल्य घटेसँगै प्राधिकरणले हवाई भाडा घटाएको हो ।

नयाँ भाडासूची अनुसार काठमाडौंबाट धनगढीको उडानमा ४४० रुपैयाँ भाडा घटेको छ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुर्पैयाँले भाडा घटेको हो ।

काठमाडौंबाट भद्रपुरको भाडा ३०० रुपैयाँले घटेको छ । विराटनगरका लागि २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ ।

काठमाडौंबाट भैरहवा उडानको भाडा २०५ रुपैयाँले घटेको छ । नेपालगञ्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको छ । यस्तै, नयाँ भाडालाई बुधबारदेखि कार्यान्वयन गर्न प्राधिकरणले निर्देशन समेत दिएको छ ।

हेर्नुहोस् सूची

प्रतिक्रिया दिनुहोस्