Logo
Logo

रोनाल्डो चम्किदा अल नासारको सानदार जीत



काठमाडौं । अल नासरले अल एडालाहमाथि सानदार जित दर्ता गरेको छ । साउदी प्रिमियर लिगमा अल नासरले घरेलु टोली अल एडालाहमाथि ५-० को सानदार जित दर्ता गरेको हो ।

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियमा मंगलबार राति भएको खेलको ४०औं मिनेटमा रोनाल्डोले पेनाल्टी सुट आउटवाट गोल गर्दै अल नासरलाई पहिलो हाफमा १-० को अग्रता दिलाए ।

दोस्रो हाफको ५५औं मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे भने त्यसपछि निरन्तर अलनासारले गोलको बर्षा बर्षाउन थाल्यो । ६६औं मिनेटमा रोनाल्डो व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोलीलाई सहज जिततर्फ अघि बढाए ।

७८औं मिनेटमा टालिस्काले पुन अर्को गोल थप पछि अल नासरले ४-० को फराकिलो अग्रता लियो । इन्ज्युरी समयमा एमन अहमदले गोल गर्दै अल नासरलाई ५-० फराकिलो अन्तरको जीत दिलाए । यस जितसँगै अल नासर २२ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा छ भने पराजित अल एडालाह १७ अंक जोडेर १४ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्