
काठमाडौं । डिसहोममा १ वर्षको रिचार्ज गर्दा पाँच जनाले एक–एक लाख रुपैयाँ नगद पुरस्कार जित्न सफल भएका छन् ।
२४ महिना डिशहोम हेर्न सकिने योजना अन्तर्गत देबका आचार्य, रत्न कला बुढाथोकि , कमला रिजाल, हिरालाल रिजाल र एम्बिता राईले एक–एक लाख रुपैयाँ नगद पुरस्कार जितेका हुन् ।
उनीहरूले सन्जु इन्टर प्राइजेजअन्तर्गत डिलर विजय स्टोर्स एण्ड सप्लायर्स दिक्तेल–१, खोटाङका डिलर दाइबाट डिस होमको वार्षिक रिचार्ज गरी स्किमअन्तर्गत उक्त नगद पुरस्कार प्राप्त गरेका हुन् ।
विजेताहरुलाई डिस मिडियाबाट आरएसम विपिन्द्र न्योपाने, अफिसर विजय पन्थीको उपस्थितिमा खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्यले पुरस्कार हस्तान्तरण गरे ।
डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ ।











