Logo
Logo

प्रधानमन्त्रीविरुद्धको मुद्दामा सुनुवाइ हुँदै


5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ ।

द्वन्द्वपीडितले प्रधानमन्त्री प्रचण्डलाई पक्राउको आदेश माग गर्दै दायर गरेको रिटमाथी आज सर्वौच्च अदालतमा सुनुवाइ हुन लागेको हो । सुनुवाईकालागि उक्त मुद्धा न्यायाधीश हरिप्रसाद फुयाँलको बेन्चमा चौथो नम्बरमा परेको छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएकामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएपछि प्रधानमन्त्रीविरुद्ध उनीहरुले रिट दायर गरेका थिए। सुरुमा निवेदन अदालत प्रशासनले दरपिठ गरेको थियो।​

त्यसैगरी रविमाथि राहदानी प्रकरणमा मुद्दा चलाउन आदेशको माग गर्दै परेको रिट पनि फुयाँलकै बेन्चमा आठौँ नम्बरमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्