
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका अन्जन श्रेष्ठले आफ्नो टिमको घोषणा गरेका छन् ।
मंगलबार वरिष्ठ उपाध्यक्ष पदमा उमेदवारी दर्ता गरेका श्रेष्ठले आज औपचारिक रूपमा टिमको घोषणा गरेका हुन् । श्रेष्ठको टिममा जिल्ला नगर उपाध्यक्षमा अरूणराज सुमार्गी, वस्तुगतमा मनिषलाल प्रधान र एसोसियटमा भरतराज आचार्य छन् ।
वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अन्जन श्रेष्ठले उमेदवारी दिएका छन् । महासंघको साधारण सभा चैत २८ गते हुँदैछ ।











